

नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्ने बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य देशहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने हामी सबैभन्दा बढी खर्च गर्छाैँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको दर एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्याउनेछ ।’
गभर्नर अधिकारीले शेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनुभयो । उहाँले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताउनुभयो ।
‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्’ भन्ने नारासहित सोमवारदेखि ग्लोबल मनी विक–२०२३ सुरु भएको छ । ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकामा रहेका विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा याे कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका कायममुकायम रजिस्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति छ । चैत १२ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा देशभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । उज्यालो
March 20, 2023 2:39 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

