

प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणबारे भारतको चासो : मन्त्री शर्मा

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ ।
बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरूसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले याे जानकारी दिनुभएकाे हाे । उहाँले प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छाैँ । सरकारले विस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’
यस्तै मन्त्री शर्माले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताउनुभयो । उहाँले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरूमा पनि सहज आदानप्रदान हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताउनुभयो । उहाँले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरूसँग कुरा राखेको बताउनुभयो ।
मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरूमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताउनुभयो । भारत सरकार आफूले राखेका मागहरूमा सकारात्मक रहेको उहाँको भनाइ छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

लखन थापामगर गोल्ड कपको पाँचौं संस्करण २५ जुलाई २०२५ मा आयोजना हुँदै

