 
						 
काेशी नामकरण विवाद : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० जना घाइते
 
 काठमाण्डाै – कोशी प्रदेशको नामाकरण भएको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप हुँदा २० जनाभन्दा धेरै घाइते भएका छन् । प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले लागेर १५ जना सुरक्षाकर्मी घाइते भएका छन्
। कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्जसँगै केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपका क्रममा भिडलाई तितरवितर बनाउन ४४ सेल अश्रु ग्यास र १७ राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रदर्शन र कोणसभा सकेर प्रदर्शनकारी फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ । उज्यालो
March 28, 2023 8:39 pm | राजनीति,समाज 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
