अब देशले गति लिन्छ : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गर्नुभएकाे छ ।
शुक्रवार रिपोर्ट्स क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनुभयो । उहाँले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूतरूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । हो देश अहिले आर्थिकरूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ । मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेकाे छु, सुशासन कायम गर्नका लागि लामो–लामो लाइन बस्ने, राहदानी, लाइसेनलगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ । सुधार भएकाे छ र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ ।’
प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक अवस्था बरबाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताउनुभयो । उज्यालो
April 1, 2023 6:20 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।