गुण्डा नाइके दावा लामाका सहयोगी नेकपाकी सांसद नबिना लामाको दबाबपछि रिहा
राजेश भण्डारी
काठमाडौ – गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् ।
नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’
काभ्रे स्थायी घर भएका सत्यमान लामालाई काभ्रेकै सांसद नविनाले ‘मेरो दाई हो’ भन्दै छाड्न दवाव दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक सिनियर अधिकृतले जानकारी दिएका छन् ।
पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै गुण्डा नाइके दावा लामाले काठमाडौँ छाडेका छन् । दावा काठमाडौँ छाडेर भारतको सिक्किममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।
उनी बिरुद्ध बुढानिलकण्ठका दीलिप लामाको २५ लाख धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।
यसबारे प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा सांसद नविना लामाले आफू व्यस्त भएको उल्लेख गर्दै पछि कुरा गर्ने बताएको रातोपाटिले खबर लेखेको छ।
July 13, 2018 12:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार