नागरिककाे चासाेप्रति जानकार छु : ज्ञानेन्द्र शाह
काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र देखिएको खिचातानीप्रति नागरिकमा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।
सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै पूर्वराजा शाहले नागरिककाे चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले नागरिकबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनुभयो । उहाँले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनुभयो । राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने शाहकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईँहरूबाट चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ । व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नसक्नुपर्दछ ।’
पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति र अनुशासनविना हुन नसक्ने बताउनुभयो । उज्यालो
April 4, 2023 12:05 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।