देशभित्रै लगानी गर्ने वातावरण बनाउन सरकारसँग सहकार्य गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
बिहीवार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको चुनावकाे तयारी भए पनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।
सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चुनावकाे समयमा देशभरका उद्योगी व्यवसायीहरूमाझ गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताउनुभयो ।
श्रेष्ठले आन्तरिक र वैदेशिक लगानी ल्याउनका लागि निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । उहाँले देशभित्र नै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताउनुभयो । उज्यालो
April 14, 2023 6:06 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।