

परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण, लगत्तै सिंहदरबार पुगेर पदबहाली

काठमाण्डाै – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । आज आइतवार दिउँसाे राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष शपथ ग्रहण गर्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ ।
यसैबीच नवनियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्नुभएकाे छ । पदबहालीपछि पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताउनुभयो । नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने भन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने पनि बताउनुभयो ।
सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले वैशाख दोस्रो हप्तासम्ममा भारत भ्रमण गर्ने तयारी गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । चपाईंले पनि आजै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

