

१२ गतेदेखि कतारमा रहेको नेपाली दूतावासबाट पुनः श्रम स्वीकृति सेवा पाइने

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलवार अर्थात् वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ ।
सरकारले विदेशमा रहेका नेपाली नियोगबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै १२ गतेदेखि सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने जनाएको छ ।
पुनः श्रम स्वीकृति लिनका लागि अनलाइनबाटै आवेदन दिन पर्छ । आवेदन दिँदा राहदानी, कतारी आइडी कार्ड, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार गएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्छ ।
अनलाइनबाट आवेदन दिनका लागि https://feims.dofe.gov.np/ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।
फेमिस सिस्टममा पहिले नै आवद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।
श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ । कनेक्ट आइपिएस, इसेवा र खल्ती लगायत एपबाट यस्तो रकम तिर्न सकिन्छ । उज्यालो
April 20, 2023 9:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

