१२ गतेदेखि कतारमा रहेको नेपाली दूतावासबाट पुनः श्रम स्वीकृति सेवा पाइने
काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलवार अर्थात् वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ ।
सरकारले विदेशमा रहेका नेपाली नियोगबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै १२ गतेदेखि सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने जनाएको छ ।
पुनः श्रम स्वीकृति लिनका लागि अनलाइनबाटै आवेदन दिन पर्छ । आवेदन दिँदा राहदानी, कतारी आइडी कार्ड, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार गएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्छ ।
अनलाइनबाट आवेदन दिनका लागि https://feims.dofe.gov.np/ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।
फेमिस सिस्टममा पहिले नै आवद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।
श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ । कनेक्ट आइपिएस, इसेवा र खल्ती लगायत एपबाट यस्तो रकम तिर्न सकिन्छ । उज्यालो
April 20, 2023 9:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग