हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा कुवेतले हङकङलाई ३० रनले हरायाे ।
कुवेतले दिएकाे २ सय ७३ रनकाे लक्ष्य पछ्याएकाे हङकङ ५० ओभरमा २ सय ४२ रन बनाउँदा अलआउट भयाे । हङकङका कप्तान निजाकत खानले ६०, एजाज खानले ४९ र यासिम मुर्तजाले ४३ रन बनाए । कुवेतका शाहरुख कुद्दुसले ३ र यासिन पटेलले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायाे । कुवेतका शिराज खानले ६७, उसमान पटेलले ५० र अदनान इद्रीसले ४५ रन बनाए । हङकङका एहसान खानले ३ विकेट लिए ।
समूह ‘बी’ मा रहेकाे कुवेत ४ खेलमा ६ अङ्कसहित सेमिफाइनल पुगेकाे हाे । याे समूहबाट यूएई पनि सेमिफाइनल पुगिसकेकाे छ । उज्यालो
April 27, 2023 5:43 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...