लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै
काठमाण्डाै – लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ । बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुँदैछ । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यसअघि एमालेका लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमवार ढलेको थियो।
यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि शपथ लिँदै हुनुहुन्छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आज मुख्यमन्त्रीको शपथसँगै दुवै प्रदेशमा केही मन्त्रीले पनि शपथ लिने तयारी छ। उज्यालो
April 28, 2023 1:01 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन