सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध
काठमाण्डाै – सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ ।
आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन ।
सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिनुभएकाे थियो । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विराेध जनाउनुभएको हो ।
त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।
यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । अहिले प्रतिनिधि सभा बैठक चलिरहेको छ । उज्यालो
May 8, 2023 1:53 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी