 
						 
पार्टीको बैठकअघि बालुवाटार पुगेर फर्किए देउवा
 
 काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छटपटी छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि उनलाई पार्टीले तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निर्णयमा पुग्न देउवालाई दबाब परेको छ ।
खाँण प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार साँझको बैठकमा तत्काल निलम्बन गर्नुपर्ने माग गरेपछि त्यसलाई टार्न बिहीबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका देउवा त्यो बैठक कसरी फेस गर्ने भन्नेमा दबाबमा छन् ।
देउवाले पार्टीको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका छन् । दाहाललाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वान टु वान वार्ता भएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक धुम्बाराहीस्थित देउवाको निवासमा बिहीबार दिउँसो २ बजे बस्दै छ । बुधबार साँझ बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठे पनि सभापति देउवाले त्यसबारे कुनै प्रतिक्रिया जनाएनन् ।
सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । एमालेले रायमाझीलाई बुधबार पार्टीबाट निलम्बन गरेको थियो । कान्तिपुर
 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
