पार्टीको बैठकअघि बालुवाटार पुगेर फर्किए देउवा
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छटपटी छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि उनलाई पार्टीले तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निर्णयमा पुग्न देउवालाई दबाब परेको छ ।
खाँण प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार साँझको बैठकमा तत्काल निलम्बन गर्नुपर्ने माग गरेपछि त्यसलाई टार्न बिहीबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका देउवा त्यो बैठक कसरी फेस गर्ने भन्नेमा दबाबमा छन् ।
देउवाले पार्टीको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका छन् । दाहाललाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वान टु वान वार्ता भएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक धुम्बाराहीस्थित देउवाको निवासमा बिहीबार दिउँसो २ बजे बस्दै छ । बुधबार साँझ बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठे पनि सभापति देउवाले त्यसबारे कुनै प्रतिक्रिया जनाएनन् ।
सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । एमालेले रायमाझीलाई बुधबार पार्टीबाट निलम्बन गरेको थियो । कान्तिपुर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन