प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते संसदमा प्रश्नाेत्तर गर्ने तयारी
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाकाे बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आज आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको संसद् बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिनुभयो । उहाँले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताउनुभयो । उहाँले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअघि नै सभामुखकाेमा पुग्नुपर्ने र त्याे प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने पनि स्पष्ट पार्नुभयो । उज्यालो
May 14, 2023 10:29 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।