मौसमी कामदारको रूपमा बेलायतमा कार्यरत श्रमिकमाथि चरम शोषण
काठमाण्डौ – बेलायतमा मौसमी कामदारको रूपमा कार्यरत विदेशी श्रमिक चरण शोषणमा परेको भन्दै आप्रवासी श्रमिकको अधिकारका लागि काम गर्ने विभिन्न सरोकारवालाहरूले आवाज उठाएका छन् ।
मौसमी कामदारको रूपमा बेलायत जाने विभिन्न देशमा आप्रवासी श्रमिकहरूले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य भएको भन्दै नेपालसहित विभिन्न देशका सामाजिक सङ्घसंस्थाहरू, प्राज्ञिक तथा अनुसन्धान गर्ने संस्थाहरूले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विभिन्न संस्थाहरूले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी कामदारका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउण्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ ।
फेयर स्क्वायर, वर्क राइट्स सेण्टर, ल एण्ड पोलिसी रिफर्म फर सोसल जस्टीस नेपाल, रिफ्यूजि एण्ड माइग्रेटोरी मुभमेण्टस् रिसर्च बंगलादेश, ज्वाइन्ट काउन्सील फर द वेलफेयर अफ इमिग्रेण्ट्स बेलायत, वर्क सपोर्ट सेण्टर, दर्हाम युनिभर्सिटी लगायतका संस्थाहरूले बेलायत सरकारको ध्यानाकर्षण गराउँदै पत्र पठाएका हुन् ।
पछिल्लो समय बेलायतले नेपालबाट मौसमी कामदार लैजान छाडेको छ । नेपालबाट जाने श्रमिकहरूले मौसमी कामदारको रूपमा जाँदा चर्को शुल्क तिर्न परेको विषयलाई नै आधार मानेर बेलायतले नेपालीलाई मौसमी कामदारको रूपमा नलिने निर्णय गरेको थियो ।
तर बङ्गलादेशबाट मौसमी कामदारका रूपमा श्रमिक लिन सुरुवात गरेको छ । एक देशमा देखिएको समस्या समाधानका लागि श्रमिक लिनै बन्द गरेर अर्को देशबाट श्रमिक लैजान थाल्दैमा समाधान नहुने सरोकारवालाहरूको भनाई छ । उज्यालो
May 16, 2023 5:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग