सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : स्वर्णिम वाग्ले
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।
मङ्गलवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा सांसद वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिएमात्रै आर्थिक समृद्धि हुने बताउनुभएको हो । उहाँले निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा सरकारले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनुभयो । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरूप के–के गर्नुपर्छ भन्नेबारे बहस गरौँ । निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नका लागि कस्तो बाटोमा लाने हो, त्यसमा हामीले लिएर जान्छौँ ।’
सांसद वाग्लेले अब युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । उहाँले ‘डेमोग्राफिक प्रोजेक्शन’ अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनुभयो । उहाँले अबको १५ वर्षको देशको अर्थतन्त्रको स्वरूप कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उल्लेख गर्नुभयाे ।
उहाँले छिमेकी देशहरूले आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरूको लगानी आफूतिर आकर्षण गर्न नसकेकाे उहाँकाे भनाइ छ । उज्यालो
May 17, 2023 2:23 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।