थेग्नै नसकिने दबाब आएपछि बाध्य भएर सांसद विकास कोष बिउँताइयाे : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसद विकास कोष बिउँताइएकाे बताउनुभएको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रीय संसदीय दलको बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषका लागि बजेटमै व्यवस्था गरेर रकम विनियोजन गर्नु आफ्नो योजना नभई बाध्यता भएको बताउनुभएको हो । सत्ता साझेदार दलसहित सबैतिरबाट कोष बिउँताउनुपर्छ भनेर थेग्नै नसकिने गरी दबाब आएकाले यो व्यवस्था बजेटमा समेटिएको प्रचण्डको भनाइ छ ।
उहाँले हरेक निर्वाचन क्षेत्रमा सांसदले परिचालन गर्न पाउने कोषको बजेटलाई कार्यविधि बनाएर व्यवस्थित गरिने पनि उल्लेख गर्नुभयो । प्रचण्डले यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिने उल्लेख गर्दै बरु सरकार ढले पनि यस पटक कुनै हालतमा भ्रष्टाचारका फाइल खोल्ने दाबी गर्नुभयो ।
यस्तै भोलि बुधवारदेखि सुरु हुने भारत भ्रमणमा नेपालको हितमा मात्रै सम्झौता हुने र विवाद र आलोचनाबाट मुक्त हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उज्यालो
May 30, 2023 11:18 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।