

एमडीएमएस प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब राजस्व बढ्छ, माेबाइलकाे मूल्य बढ्दैन’

काठमाण्डाै – मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक चार अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् ।
आइतवार मोबाइल आयातकर्ता व्यवसायीले एमडीएमएस प्रणालीका विषयमा जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनीहरूले एमडीएमएस प्रणाली लागू नहुँदा अर्बाैँ रुपैयाँ बराबरका मोबाइल अवैधरूपमा नेपाल आएको र त्यसबाट सरकारले वार्षिक चार अर्ब रुपैयाँ बराबरको राजस्व गुमाउने गरेको बताए ।
कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घ नेपालका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडीएमएस प्रणाली कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको बताउनुभयो । उहाँले एमडीएमएस प्रणालीले चोरीका ‘रिफर्बिस’ अनि कम गुणस्तरका फोन नभित्रिने हुँदा उपभोक्ता ठगिनु नपर्ने बताउनुभयो । उहाँले अवैध मोबाइल आयातले वास्तविक मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको गुनासाे गर्नुभयाे । उहाँले जेठ १ गतेपछि एमडीएमएसका कारण व्यवसाय तङ्ग्रिन लागेको बताउनुभयो ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोन नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलको नियन्त्रण गर्नका लागि एमडीएमएस प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले प्राधिकरणले मोबाइलमा एमडीएमएस प्रणाली लागू गरेर राजस्व उठाउन नखोजेको भन्दै कालोबजारीलाई नियन्त्रण गर्न खोजेको उल्लेख गर्नुभयाे । सरकारले कुनै निश्चित व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस प्रणाली ल्यायो भन्ने प्रचार गलत भएको उहाँकाे भनाइ छ ।
कार्यक्रममा भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडीएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नसक्ने प्रविधि ल्याउन लागेको बताउनुभयो । उहाँले विदेशबाट ल्याएका मोबाइलको भन्सार प्रक्रिया सरल र तत्काल गर्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा जनशक्तिसमेत थप गरी छुटै हेल्प डेक्सको व्यवस्था गरिएको बताउनुभयो । उज्यालो
June 11, 2023 11:17 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

