चालु आर्थिक वर्षकाे राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारकाे लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएकाे बताउनुभएको हो । उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारले असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नाै खर्ब रुपैयाँ राजस्व उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्बमात्रै उठेको छ । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भनेकाे छ । आर्थिक वर्ष सकिन १२ दिनमात्रै बाँकी छ । औसत राजस्व सङ्कलन तीन अर्ब जतिमात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ।’
सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड रुपैयाँमात्रै उठेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब रुपैयाँ उठ्न सक्ने दाबी गर्नुभयो । उज्यालो
July 4, 2023 6:20 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।