विदेशबाट आउँदा ल्याएका यी सामानमा पर्दैन भन्सार शुल्क तिर्न
काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्कने श्रमिकलाई सुन बोक्न लगाउने १२ जनालाई पक्राउ गरी प्रहरीले सोमबार १२ जनालाई सार्वजनिक गरेको छ ।
विभिन्न समयमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू तोकिएकोभन्दा बढी सुन ल्याएका कारण विमानस्थलमै पक्राउ पर्ने गरेका छन् । तर कानुन अनुसार तोकिएको जति मात्र सुन ल्याएमा यसरी पक्राउ परिँदैन र भन्सार शुल्क पनि तिर्न पर्दैन ।
सुनको गहनाको हकमा महिला हो भने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्न पर्दैन । पुरुषका हकमा भने वैदेशिक रोजगारीबाट फर्कँदा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार तिर्न पर्दैन ।
त्यसमा पनि एक जना व्यक्तिले थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता नहुने भन्सार विभागले जनाएको छ ।
यस्तै वैदेशिक रोजगारीबाट फर्कने श्रमिकले ल्याउने मोबाइलमा पनि छुटको व्यवस्था गरिएको छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन ।
यसका साथै श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एउटा मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ ।
श्रम स्वीकृति लिएर गएका श्रमिकले ल्याउने टेलिभिजनमा पनि सरकारले छुट् दिएको छ । श्रम स्वीकृति लिई विदेशमा एक वर्ष काम गरी गरी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले जस्तोसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार लाग्दैन ।
तर श्रम स्वीकृति लिएर गएको भए पनि वा एक वर्ष काम गरेरै फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजनमा मात्र भन्सार शुल्क छुट् पाउँछन् । ३२ इन्चभन्दा ठुलो टिभी ल्याएमा भन्सार शुल्क तिर्न पर्छ ।
यसबाहेक अन्य अवस्थामा भने विदेशबाट फर्कने यात्रुले ल्याएको टिभीमा भन्सार शुल्क तिर्न पर्छ । उज्यालो
July 11, 2023 5:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।