आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती, गण्डकीमा सार्वजनिक बिदा
काठमाण्डाै – आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।
भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुजयन्तीका अवसरमा आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । उज्यालो
July 14, 2023 4:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव