विमानस्थलमा पक्राउ परेकी यी महिलाको गर्भाशयमा रहेको चीज देखेर प्रहरीको होश उड्यो
एजेन्सी। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा स्वापक नियन्त्रण ब्यूरो (एनसीबी) ले एक नाइजेरियाली महिलालाई पक्राउ गरेको छ। महिलाको साथबाट प्रतिबन्धित मादक पदार्थ बरामद भयो। त्यसपछि सोधपुछकालागि उनलाई लगियो, जहाँ उनले यस्तो कुरा स्वीकार गरिन्, जुन सुनेर एनसीबी टिमको होश उड्यो।
भारतीय संचारमाध्यमाका अनुसार एनसीबी (पूर्वी क्षेत्र) का अधिकारीले डेविड ब्लेसिङ (३०) को झोलाबाट एलएसडीका २० ब्लट बरामद गरे। त्यसपछि उनलाई पक्राउ गरिएको थियो। उनी मंगलबार राति नेजाती सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा मुम्बईबाट आएकी थिइन्।
सोधपुछका क्रममा ती महिलाले आफ्नो शरीरमा अझै धेरै मादक पदार्थ लुकाएर राखेको बताएकी थिइन्।
त्यसपछि उनलाई नजिकैको सुपर स्पेशिलिटी अस्पतामा लगेर जाँच गराइयो। त्यहाँ एक्स–रे गर्दा उनको गर्भाशयमा केही लुकाएर राखिएको थाहा भयो। अहिलेलाई थप जाँचकालागि अस्पतालमै राखिएको छ भने प्रहरीले यो विषयमा छानविन गरिरहेको छ।
लागु औषध तस्करीमा यस्ता घटना बेला बेलामा सार्वजनिक हुने गर्छन्। यस्टै घटनामा गत वर्ष एक ब्राजीलकी महिला र अफगानिस्तानका पुरुषलाई पक्राउ गरिएको थियो। उनीहरुले नशालु औषधिको क्याप्सुल निलेर पेटमा लुकाएका थिए।
July 13, 2018 12:35 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन