विमानस्थलमा पक्राउ परेकी यी महिलाको गर्भाशयमा रहेको चीज देखेर प्रहरीको होश उड्यो
एजेन्सी। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा स्वापक नियन्त्रण ब्यूरो (एनसीबी) ले एक नाइजेरियाली महिलालाई पक्राउ गरेको छ। महिलाको साथबाट प्रतिबन्धित मादक पदार्थ बरामद भयो। त्यसपछि सोधपुछकालागि उनलाई लगियो, जहाँ उनले यस्तो कुरा स्वीकार गरिन्, जुन सुनेर एनसीबी टिमको होश उड्यो।
भारतीय संचारमाध्यमाका अनुसार एनसीबी (पूर्वी क्षेत्र) का अधिकारीले डेविड ब्लेसिङ (३०) को झोलाबाट एलएसडीका २० ब्लट बरामद गरे। त्यसपछि उनलाई पक्राउ गरिएको थियो। उनी मंगलबार राति नेजाती सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा मुम्बईबाट आएकी थिइन्।
सोधपुछका क्रममा ती महिलाले आफ्नो शरीरमा अझै धेरै मादक पदार्थ लुकाएर राखेको बताएकी थिइन्।
त्यसपछि उनलाई नजिकैको सुपर स्पेशिलिटी अस्पतामा लगेर जाँच गराइयो। त्यहाँ एक्स–रे गर्दा उनको गर्भाशयमा केही लुकाएर राखिएको थाहा भयो। अहिलेलाई थप जाँचकालागि अस्पतालमै राखिएको छ भने प्रहरीले यो विषयमा छानविन गरिरहेको छ।
लागु औषध तस्करीमा यस्ता घटना बेला बेलामा सार्वजनिक हुने गर्छन्। यस्टै घटनामा गत वर्ष एक ब्राजीलकी महिला र अफगानिस्तानका पुरुषलाई पक्राउ गरिएको थियो। उनीहरुले नशालु औषधिको क्याप्सुल निलेर पेटमा लुकाएका थिए।
July 13, 2018 12:35 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक