Thursday 12th February 2026

तपाइँलाई थाहा छ,नरिवलको तेलका यस्ता छन चमत्कारिक फाइदा

8 years अगाडी

प्राचिनकालदेखि नै हाम्रो घरमा नरिवल तेललाई विभिन्न कार्यमा प्रयोग गर्दै आएको पाइन्छ। हुनतः बजारमा यतिबेला विभिन्न वासनायुक्त तेलहरु उपलब्ध छन्। तर ती तेलहरु गुणस्तरहिन पनि हुनसक्छ। त्यसैले सावधानीपूर्वक तेलको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ। नरिवल तेल विशुद्ध प्राकृतिक तेलको रुपमा चिनिन्छ। यसको प्रयोग हाम्रो त्वचाका लागि निकै फाइदाजनक मानिन्छ भने नरिवल तेलको सेवनले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ । जानी राखौं, नरिवल तेलका केही फाइदाहरु यसप्रकार छन् :

शेविंग क्रिम : दाढी खौर्न नरिवल तेलको प्रयोग गर्न सकिन्छ। यसले तपाईको पैसा पनि बच्छ । त्वचालाई पानीले भिजाएर नरिवल तेल लगाएर रेजरले दाढी खौर्न सकिन्छ। यसले शेविंग पनि राम्रो तरिकाले हुने र त्वचा पनि सुक्खा हुनबाट बचाउँछ। यसले पसिना गनाउने समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ।

सनस्क्रीन : नरिवल तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले त्वचालाई नरम बनाउँछ। नियमित रुपमा नरिवल तेल त्वचामा लगाउनाले सुर्यको रोशनीले कुनै प्रभाव पार्न सक्दैन। यसैकारण नरिवल तेललाई त्वचाका लागि राम्रो लोशन पनि मानिन्छ।

डायबिटीज : नरिवल तेल डायबिटीजबाट पीडितहरुका लागि निकै फाइदाजनक मानिन्छ। नरिवल तेलले अग्राशयमा एंजाइमको उत्पादनलाई कम गर्ने गर्दछ। यसले खाना खानेबेलामा अत्याधिक मात्रामा इन्सुलिन तयार हुन्छ। यही कारणले डायबिटीज रोगिका लागि नरिवल तेल हितकर मानिन्छ।

भोकलाई नियन्त्रण : नरिवल तेलको सेवनले पटक पटक भोक लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। यस तेलमा कार्बोहाइडे«ट र क्यालोरी अत्याधिक मात्रामा हुन्छ। जसले भोकलाई नियन्त्रण गर्न मद्दत पुग्छ ।

तौल घटाउन : एम.सी.टी युक्त खाना खानाले शरीरमा उर्जा बढ्छ। नरिवल तेलले पाचनप्रक्रियालाई पनि राम्रो बनाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ।

कालो दागबाट छुट्कारा : कतिपयको अनुहारमा डन्डिफोरका कारण कालो दागहरु देखिन्छन्। त्यसो भए ती कालो दागलाई सफा गर्न राती सुत्ने बेलामा थोरै नरिवल पानी लगाउने गर्नुस्। यसरी केही दिनको प्रयोगले अनुहारबाट कालो दागलाई हटाउन सकिन्छ। एजेन्सी

          July 13, 2018 12:49 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...