

चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ८ डिसेम्बरमा हुने

कुवेत- चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ०८ डिसेम्बर २०२३ मा हुने भएको छ ।
चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकार लिएर चारौँ चितवन सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष जीवन सुनारले जानकारी दिएका छन । नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष सुनारले बताए ।
कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ । मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार । स्थान – तय नभएको । समय- तय नभएको ।
August 14, 2023 5:07 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

