चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ८ डिसेम्बरमा हुने
कुवेत- चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ०८ डिसेम्बर २०२३ मा हुने भएको छ ।
चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकार लिएर चारौँ चितवन सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष जीवन सुनारले जानकारी दिएका छन । नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष सुनारले बताए ।
कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ । मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार । स्थान – तय नभएको । समय- तय नभएको ।
August 14, 2023 5:07 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।