डेङ्गी सङ्क्रमण फैलिएकोप्रति आयाेगद्वारा सरकारको ध्यानाकर्षण
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले डेङ्गी सङ्क्रमण फेलिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बुधवार आयोगले विज्ञप्ति निकालेर देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी सङ्क्रमणका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्क्रमणले महामारीको रूप लिन सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा डेङ्गी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने काममा तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख छ । आयोगले डेङ्गी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकारलाई आग्रह गरेको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर