दैलेखमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, १६ जना घाइते
दैलेख – दैलेखमा चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ । १६ जना घाइते भएका छन् ।
गएराति चट्याङ लागेर महाबु गाउँपालिका-१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभयो ।
घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते हुनुभएकी खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे ।
आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् ।
उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । पाँच जना उपचारपछि घर फर्किएका छन् ।
यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ । उज्यालो
September 15, 2023 9:09 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण