बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : ओली
काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताउनुभएको छ । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पार्नुभयो ।
शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताउनु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत बताउनु भयो ।
बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाइ थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेशन गर्नुपर्यो । दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुवा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुवा नै म जतिनै तगडा हुनुहुन्छ भने, अहिले पनि २/४ किलोमिटर मेरो बुवा नै हिँड्नुहुन्छ भने मेरो बुवाले लौरो टेक्नुहुन्न अहिले पनि । मेरो बुवा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब । तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहिँ मैले सचेतनतापूर्वक तोडन चाहन्छु ।’
अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाईँहरुले ती षड्यन्त्रहरुलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिल्कुलै रक्षा गर्नसक्ने र राष्ट्रिय हितको रक्षा गर्नसक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ ।’
कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि बताउनु भयो । उहाँले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुसी भएको प्रतिक्रियासमेत दिनुभयो । उज्यालो
September 17, 2023 1:59 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड