प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङझाउ विमानस्थलमा पुग्नु भएको छ । आठ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान हाङझाउ विमानस्थल पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गर्नुभएको छ । उहाँ आज हाङजाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, आजै उहाँले हाङझाउमा नै चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो । उज्यालो



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन