प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङझाउ विमानस्थलमा पुग्नु भएको छ । आठ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान हाङझाउ विमानस्थल पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गर्नुभएको छ । उहाँ आज हाङजाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, आजै उहाँले हाङझाउमा नै चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो । उज्यालो



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी