वैदेशिक व्यापारका सबै सूचक घटे, प्रतिबन्ध फुकुवा र चाडपर्वको असर देखिएन
काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रतिशतले कमी हो । आयात र निर्यात मात्र नभई समग्र व्यापारमा नै कमी आएको छ ।
दुई महिनामा दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । याे गएको वर्षको दुई महिनाको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले कम हो । साउन र भदौमा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा भएको छ । गएको वर्षको दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो ।
गएको वर्ष विदेशी मुद्राको सञ्चितिमा कमी आउँदा सरकारले महँगा गाडी, मोबाइल र विलासिताका अन्य धेरै वस्तुको आयातमा रोक र परिमाणात्मक बन्देज लगाएको थियो । तर अहिले कुनै बन्देज नभए पनि आयातमा कमी आउनुलाई विज्ञहरूले आर्थिक मन्दीको असर भनेका छन् । दशैँ र तिहारका लागि समेत साउन र भदौमा विदेशबाट वस्तुको आयात हुँदा यी दुई महिनामा विगतमा आयात उच्च हुन्थ्यो तर यस पटक भने सरकारले कुनै रोकताेक नगर्दा र चाडबाड मुखैमा आइपुग्दा समेत आयातमा कमी आएको हो । उज्यालो
September 24, 2023 5:23 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन