बझाङकाे भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प
2 years अगाडी
manoj Thapa
बझाङ – बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आजको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका वडा नम्बर ४ का ८६ वर्षका सुको फराडा घाइते हुनुभएको वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।
कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ । उज्यालो
October 7, 2023 5:18 pm | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
Loading...