सुधीर शर्माको राजीनामा स्वीकृत भएसगै कान्तिपुरको प्रधानसम्पादकमा वाग्ले नियुक्त
काठमाडौँ : कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधानसम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे ।
सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए । शर्मा १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहे ।
स्थापनाकालमा समेत कान्तिपुरसँग आबद्ध वाग्ले विसं २०६५ छाड्नुअघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक थिए । उनी नागरिक दैनिकमा समेत प्रधानसम्पादक थिए ।
‘उहाँ विविध कारणले यो पब्लिकेसन्सबाट १० वर्षअघि अलग हुनुभएको थियो,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमानदारी र व्यावसायिकताका कारण हामीले उहाँलाई फेरि फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाइ लिनेछ ।’
समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफूले ‘टिम वर्क’ मा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाइमा पुर्याउन सबैलाई साथ लिएर काम गर्ने बताए । ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें । यसबीच मैले सँगालेको अनुभव र सिकेको सीप प्रयोग गर्नेछु,’ उनले भने ।
निवर्तमान प्रधान सम्पादक शर्माले विगत दश वर्ष वाग्लेको उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि वाग्लेलाई नै आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा खुसी लागेको बताए ।
‘उहाँ सक्षम र अनुभवी हुनुहुन्छ,’ उनले भने, ‘खारिएको अनुभव र योग्यताबाट वाग्लेले कान्तिपुरलाई थप उचाइमा पुर्याउनेमा विश्वस्त छु ।’ समारोहमा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्भव स्वाँर सिरोहियालगायत विभिन्न विभागका प्रमुख तथा पत्रकारहरूको सहभागिता थियो ।
July 13, 2018 11:50 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन