

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाउने
1 year अगाडी
manoj Thapa

काठमाण्डाै – सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ मूल्य तोकेको छ । पाँच सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् ।
आजको बैठकमा सरकारको एक वर्षको सामान्य समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव वैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानुनका कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ गर्नुभएको थियो । उज्यालो
December 21, 2023 12:54 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Loading...

