नियमनकारी निकाय कब्जा गरेर नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छ : डा. वाग्ले
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेकाे बताउनुभएको छ ।
आज शुक्रवार डा. डिल्लीराज खनालले वैदेशिक सहयाेगकाे प्रभावकारितामा आधारित रहेर लेख्नुभएकाे पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत ‘सेटिङ’ का आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताउनुभयो । उहाँले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्ने बताउनुभयाे । वैदेशिक सहायता दिने निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने उहाँकाे भनाइ छ ।
सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बाैँकाे भ्रष्टाचार गर्ने काम भइरहेको दाबी गर्नुभयाे । उहाँले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशै भताभुङ्ग भएको बेलामा केहीले त बाँध्नुपर्याे नि । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । कागज मिलाएर अर्बाैँकाे भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने) ,संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छाैँ । बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? जहाँ सहयाेग चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’
सांसद वाग्लेले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजना बनाउन परामर्शदाताकाे आवश्यकता नभएको बताउनुभयो । उहाँले सिंहदरबारमा १० जना सल्लाहकार राखिएकाे तर अब प्रदेशहरूमा पनि राख्नुपर्छ भन्ने आवाज उठिरहेकाे भन्दै आफूहरू सरकार गयाे त्याे खारेज गर्ने दाबी गर्नुभयाे । उहाँले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताउनुभयो । उज्यालो
December 22, 2023 3:30 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन