इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान गयाे
2 years अगाडी
manoj Thapa
इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य ३ जना घाइते भएका छन् ।
इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेकाे थियो । आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल–अदलसँग जोडिएका २ वटा ठाउँमा आक्रमण गरेको इरानी राष्ट्रिय टेलिभिजन च्यानलले उल्लेख गरेको छ ।
पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ । यस्तै चीनले पाकिस्तान र इरानलाई संयमता देखाउन र तनाव बढाउने काम नगर्न आग्रह गरेको छ ।
जैश अल–अदल समूहले पाकिस्तानसँगै इरानमा पनि आक्रमण गर्दै आएको छ । उज्यालो
January 18, 2024 2:52 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
Loading...