सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी बढ्याे : भन्सार विभाग
काठमाण्डाै – भन्सार विभागले सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी नियन्त्रण गर्न नसकेको बताएको छ । आज विभागमा भएको छलफलमा महानिर्देशक शोभाकान्त पौडेलले सरकारले तस्करी नियन्त्रण गर्न विभिन्न उपाय र प्रविधिको प्रयोग गरे पनि तस्कर झन् धेरै चलाख हुँदा चोरीपैठारी नियन्त्रणमा समस्या आएको बताउनुभएको हो ।
सुन तस्करी प्रकरणपछि विभागले चलाखीपूर्ण तरिकाले काम गरिरहेको तर पनि तस्करी पूर्णरूपमा रोक्न नसकेको उहाँले स्वीकार गर्नुभयो । ‘हामीले प्रयोग गरेको उपाय र प्रविधिभन्दा सुन तस्करले नयाँ नयाँ प्रविधिको प्रयोग गरेको पाइयो, जुन देशमा कमजोरी छ, त्यही देशमै उनीहरू केन्द्रित हुने रहेछन्’, महानिर्देशक पौडेलले भन्नुभयो ।
विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि भन्सारले किन थाहा नपाएको भन्ने प्रश्नमा महानिर्देशक पौडेलले सुन तस्करीमा भन्सारको मात्रै नभई विमानस्थलमा खटिने अनुसन्धानका कर्मचारी, प्रहरी प्रशासन, विमानस्थलको कर्मचारी प्रशासन लगायतको पनि कमजोरी रहेको जवाफ दिनुभयो । विश्वका विकसित देशबाट पनि सुन तस्करी भएर नेपाल आएको उदाहरण दिँदै उहाँले नेपालको भन्सार विभागलाई मात्रै खत्तम नभन्न आग्रह गर्नुभयो ।
महानिर्देशक पाैडेलले सुन तस्करी नियन्त्रणमा खुला सीमा अर्को चुनौती रहेको बताउनुभयाे । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेशिन खरिद आवश्यक रहेको उहाँले बताउनुभयाे । समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुने उहाँकाे भनाइ छ । उज्यालो
January 21, 2024 4:54 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन