

सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवा खरिदमा अनियमितता देखियो : अख्तियार

काठमाण्डाै – सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका काममा अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायहरुलाई विभिन्न सुझाव दिएको छ ।
सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी काममा एकरूपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कुनै एक निकायलाई जिम्मेवारी दिन अख्तियारले सुझाव दिएको छ ।
यस्तै, खरिद गर्नुपूर्व खरिद गर्न लागेको सूचना प्रविधि प्रणालीको आवश्यकताको विश्लेषण गरी गरिएको मापदण्डको आधारमा प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, स्रोतको सुनिश्चितता, लागत अनुमान, आयोजना कार्यान्वयन, आयोजना हस्तान्तरण, आन्तरिक जनशक्तिको परिचालन, आयोजनबाट प्राप्त हुने अपेक्षित लाभको अनुमान, मर्मत सम्भार तथा सञ्चालन आदि सम्बन्धमा पूर्ण तयारी गर्न पनि अख्तियारले भनेको छ ।
एप्लिकेसन सफ्टवेयर खरिद गर्दा त्यसको इन्स्टलेसन प्लेटफर्म, डाटाबेस म्यानेजमेन्ट सिस्टम, डिजाइन फ्रेमवर्क, डेभलपमेन्ट टुल्स, सेक्युरिटी सिस्टम, युजर डाटा, डाटा भोल्युम, लाइसेन्स कन्डिसन, ब्याकअप रिस्टोर, सर्भिस वारेन्टी, सपोर्ट र मेन्टिनेन्ससम्बन्धी अध्ययन गरी आवश्यक विशेषता र मापदण्डसमेत यकिन गर्न अख्तियारको सुुझाव छ ।
नागरिकको सेवा प्रवाहसँग सरोकार राख्ने सञ्चार तथा सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने हरेक सार्वजनिक निकायले यस्तो प्रविधि प्रयोग गर्ने कर्मचारीको कार्य विवरण, भूमिका, जिम्मेवारी र उत्तरदायित्व स्पष्ट हुने गरी काममा लगाउनुपर्नेमा पनि अख्तियारले जोड दिएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

