

कुवेतमा संयुक्त तीन किराती संस्थाद्वारा उभौली चाड ७ जुनमा मनाउने

कुवेत – “भाषा,संस्कार, सांस्कृतिको संरक्षण, किराती हरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ। भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ७ बर्ष यतादेखि कुवेतमा कृयाशिल तीन किराती संस्थाद्वारा किराती हरुको महान चाड उभौलि साकेला,संयुक्त रुपमा किरात राई यायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले मनाउदै आएको छ।
किराती हरुको महान चाड उभौलि साकेला,यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम आगामी जुन ७ तारिक शुक्र्बार को दिन कुबेतको खैतान स्थित राजधानी होटल मनाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष उमेश राईले जानकारी दिएका छन।
कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराती ,गैर किराती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनको लागि संयुक्त तिन किराती संस्थाहरु हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम हुने स्थान समय मिति
स्थान- खैतानको राजधानी होटल
मिति – ७ जुन २०२४
समय-बिहान १०:३० बजे बिहान देखी
आयोजक
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

