सीतल आचार्य र रिता बुढाथोकीको “घिनघिन मादल घन्काउदै” तीज गीत बजारमा (भिडियो सहित)
काठमाण्डौ – सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत “घिनघिन मादल घन्काउदै” सार्वजनिक भएको छ ।सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो।
तीज भन्ने बितिकै महिलाहरु माइत जाने हो माइतिमै रमाइलो गर्ने हो भन्ने चलन छ तर यो तीज गीत अली फरक ढंगबाट प्रस्तुत गरिएको छ। आमा जस्तै छिन मेरी सासु, दिदी जस्ती जेठानी पाकी छु, स्वर्ग जस्तो यो मेरो घरछ, आउदिन माइत भनी सन्देश पठाछु…
गीतको शब्दले नै भन्दछ घर र माइती छैन केही अन्तर, क्षितिज “आर सि कोइराला” को शब्द, बि बि अनुरागि को संगीत रहेको गीतमा साउन्ड मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ। अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक मौसम हिमालिको निर्देशनमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नबिन घर्ति मगरको रहेको छ।
हेर्नुहोस गीतको पूरा भिडियो।
July 17, 2018 11:06 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन