

सीतल आचार्य र रिता बुढाथोकीको “घिनघिन मादल घन्काउदै” तीज गीत बजारमा (भिडियो सहित)

काठमाण्डौ – सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत “घिनघिन मादल घन्काउदै” सार्वजनिक भएको छ ।सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो।
तीज भन्ने बितिकै महिलाहरु माइत जाने हो माइतिमै रमाइलो गर्ने हो भन्ने चलन छ तर यो तीज गीत अली फरक ढंगबाट प्रस्तुत गरिएको छ। आमा जस्तै छिन मेरी सासु, दिदी जस्ती जेठानी पाकी छु, स्वर्ग जस्तो यो मेरो घरछ, आउदिन माइत भनी सन्देश पठाछु…
गीतको शब्दले नै भन्दछ घर र माइती छैन केही अन्तर, क्षितिज “आर सि कोइराला” को शब्द, बि बि अनुरागि को संगीत रहेको गीतमा साउन्ड मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ। अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक मौसम हिमालिको निर्देशनमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नबिन घर्ति मगरको रहेको छ।
हेर्नुहोस गीतको पूरा भिडियो।
July 17, 2018 11:06 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

