पढेर सेयर गर्न नभुल्नुहोला, हाम्रो स्वास्थ्यका लागि मूला खानुका यति धेरै फाईदा
काठमाडौँ । धेरैजसो तरकारी र अचारका लागि प्रयोग हुने मुला हामीलाई सामान्य लाग्छ । तर मानिसको स्वास्थ्यका लागि मुला खानु निकै उपयोगी पनि छ। यस्ता छन् मुलाका फाईदाहरु हेर्नुहोस् …
१. किराले टोक्दा : कुनै किराले टोक्दा समयमा औषधि नलगाउने हो संक्रमण हुन सक्छ । तर, मूलाले संक्रमणबाट बचाउन सक्छ । मूलाले किराले टोक्दा हुने पोल्ने समस्या, लूतो र पीडाबाट मुक्ति दिन्छ।
२. जवान रहन : मूलामा भिटामिन सि र एन्टिअक्सिडेन्ट पाइन्छ , जसले छालालाई नष्ट हुनबाट बचाउँछ । यसकारण मूलाले मानिसलाई सधैं जवान रहन मद्दत गर्छ । यसका अलावा मूलामा पाइने फस्फोरस तथा जिंकले छालालाई लामो समयसम्म ताजा राख्छ ।
३. छालाको सफाई : मूलाले शरीरमा भएको विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ, जसको फलस्वरुप छाला सफा हुन्छ । यसका साथै छालाको सफाईका लागि मूलालाई काटेर लगाउनुपर्छ ।
४. मसल्स बनाउन : यदि मसल्स बनाउने इच्छा भने त्यसका लागि धेरै पोषकतत्व जरुरी पर्छ । मूलामा प्रचूर मात्रामा प्रोटीन पाइन्छ, जुन मसल्स बनाउन आवश्यक तत्व हो । मूलालाई डाइटको रुपमा पनि समावेश गर्दा धेरै फाइदा हुन्छ ।
५. चाया हटाउँछ : आफ्नो डाइटमा सलाद या तरकारीको रुपमा मूलालाई सामेल गर्नुहोस् । चाया हटाउन मूलाको रस कपालको जरामा लगाएर तौलियाले बेर्नुहोस् र एकघण्टापछि धुनुहोस् । यसबाट चायाको समस्या समाधान हुनेछ । यसका अलावा मूलाले कपाल झर्न रोक्नुका साथै कपालमा चमक पनि ल्याउँछ ।
६. तौल घटाउँछ : मूलामा धेरै पानीको मात्रा हुन्छ । त्यसैले मूलाको सेवनले क्यालोरी प्राप्त हुँदैंन र बोसो पनि कम गर्छ । यसैले मोटोपना घटाउनुछ भने खानामा मूला सामेल गर्नुहोस् ।
७. डाइबिटिज रोगीका लागि उपयोगी : मूलामा फाइबर हुन्छ । यसैले डाइबिटिजका बिरामीले यसलाई आरामले खान सक्छन् । मूलाले रगतमा चिनीको मात्रा सन्तुलित पार्छ, जसबाट यो डाइबिटिज बिरामीका लागि राम्रो सलाद हो ।
८. रुघाखोकीमा : यदि लगातार रुघाखोकीले सताएको छ भने डाइटमा मूला सामेल गराउनुहोस् । मूलामा एन्टि कन्जेस्टिभ गुण हुन्छ, जसले घाँटी सफा गर्छ । साथै यसले प्रतिरोधी प्रणालीलाई पनि मजबूत बनाउँछ ।
९. जण्डिसमा उपयोगी : मूलाले शरीरबाट विषाक्त पदार्थ बाहिर पठाई कलेजो तथा पेटको सफाई गर्न मद्दत गर्छ । यो जण्डिस रोगमा पनि सहायक हुन्छ । यसले रगतमा बिलिरुबिनको मात्रा नियन्त्रित गर्छ र शरीरमा अक्सिजनको आपूर्ति बढाउँन मद्दत गर्छ । जण्डिसका कारण राता रक्तकोषमा क्षति हुनबाट समेत बचाउछ ।
१०. मिर्गौलाको सफाई : मूलाले युरिनल ट्रेक्ट इन्फेक्सन (युटिआई) बाट पनि बचाउँछ । यसले मिर्गौलाको सफाई गर्छ यसको रसबाट संक्रमणका दौरान हुने पीडाबाट पनि राहत मिल्छ।
July 18, 2018 11:01 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन