एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि अनिता कार्की र अनिता अधिकारी कुवेत आउदै
कुवेत – एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि फेन्सर अनिता कार्की र अनिता अधिकारी कुवेत आउने भएका छन ।
कुवेत फेन्सिङ्ग महासंघको आयोजनामा यही जुन २१ देखी २७ सम्म कुवेतस्थित शेख शाड् अल अब्दुल्लाह स्पोर्ट कम्पलेक्समा हुने एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि फेन्सर अनिता कार्की र अनिता अधिकारी कुवेत आउन लागेका म्याराथन धावक नारायण श्रेष्ठले जानकारी दिएका छन ।
नेपालमा फेन्सिङ धेरैले नचिनेको ओलम्पिककै एउटा पुरानो खेल हो । तर नेपालमा भने यो खासै परिचित नभएता पनि अहिले भने यो खेल परिचित हुदैछ । नेपालमा फेन्सिङको इतिहास अन्य खेलको भन्दा छोटो छ । नेपालमा सन् २०१० को डिसेम्बरबाट यो खेल खेल्न शुरु गरिएको हो । खेलाडी झट्ट हेर्दा अन्तरिक्षयात्री जस्ता देखिने अनुहारमा जाली आकारको बलियो मास्क र करेन्ट बग्ने कपडा लगाएका हुन्छ्न । मार्सल आर्टस विधाको तरबारबाजी जस्तै देखिने यो खेलको नाम फेन्सिङ हो । यो खेलमा एउटा खेलाडीको तरबारले अर्को खेलाडीको सुचालक कपडा छोएमा अंक पाउँछन् । त्यसैका आधारमा हार जित हुन्छ । फेन्सिङ तीव्र गतिमा खेलिने खेलमध्येको एक खेल हो ।
फेन्सर अनिता कार्की र अनिता अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भईसकेका छन । बि.स २०७४ मा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा एपीएफ टोलीको प्रतिनिधित्व गर्दै फेन्सर अनिता कार्की राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । भने उनले सन् २०१९ मा इटालीमा भएको १३ औं समर युनिभर्सियाडबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा शुभारम्भ गरेकी थिइन् । त्यस्तै अनिता अधिकारी पनि एपीएफ कै टोलीमा आबद्द छिन । उनले १९ औं एसियाली खेलकुदको फेन्सिङमा सहभागिता जनाई सकेकी छिन ।
June 17, 2024 2:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन