Thursday 12th February 2026

जानी राखौ,यी तरकारी र फलफुलहरु खानुहोस, क्यान्सर लाग्नबाट बच्नुहोस !

8 years अगाडी

यी तरकारी र फलफुलहरु खानुहोस, क्यान्सर लाग्नबाट बच्नुहोस !

१.ओखर: पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ।

२.गोलभेँड़ा: गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ।

३.ग्रीन टी: ग्रीन टी मा प्रसस्त पॉलीफेनोल्स एंड फ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ। ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ।ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको कैंसर को जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। तर धेरै मात्रमाँ ग्रीन टी लीदा एसले दबाई हरु संग प्रतिक्रिया गरी नोकसान पुर्याउन सक्छ।

४.लसुन: लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ।

यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाईएलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।

५. ब्रो काउली: ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छयी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन

६. स्याउ: स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइञ्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र , भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।

७. आलस: आलस को दानामा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई, अल्फा(लिनोलेनिक एसिड ओमेगा घ फ्याट जस्ता तत्वहरू पनि पाईन्छ।

८. चेरी: दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर पाईन्छ।

९. गहुँको जमरा: गहुँको जमरामा धेरै क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन। गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने जोमाविषाक्तताएवंठीकसक्ने मूल्यवान वस्तुको रूपमा तुलना पानी गरिन्छ।

१०. हरियो सागपात: लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनॉइड, र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हरु हुन।

          July 19, 2018 11:27 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...