नेजस कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा, उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे
कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन ।

कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिमा उपसभापति गुरुङ , केन्द्रीय सदस्य रसाईली र केन्द्रीय महाधिवेशन प्रतिनिधि नरेन्द्र बहादुर भाट लाई स्वागत गरिएको छ । २१ जुन २०२४ दिन सम्पन्न हुने चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन । कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा दिनको ठिक १२ बजेदेखि कार्यक्रम हुने आयोजकले बताएको छ ।

कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समितिका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।
June 21, 2024 4:26 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड