Thursday 12th February 2026

जान्नुहोस्, के हुन्छ ? यसरी बन्दागोभीको पातलाई छाती र खुट्टामा राख्नाले

8 years अगाडी

बन्दागोभी हामीले तरकारीको रुपमा प्रयोग गर्छौ । यसको हामीले सलाद, तरकारी बनाउन प्रयोग गर्छौ । बन्दागोभीको पात हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । यसले चाडैं नै रोगलाई निको पार्छ । आज हामी तपाईंलाई यसबाट हुने फाईदाहरुको बारेमा जानकारी दिन्छौं ।घाउको कारणले गर्दा सुनिनु: यदि तपाईंको हातखुट्टा र गोलीगाँठो आदि ठाउँमा घाउचोट लागेको कारणले गर्दा सुनिएको छ भने , तपाईंलाई बन्दागोभीको प्रयोग निकै नै लाभदायक हुन्छ । यसको लागि सुनिएको ठाउँमा बन्दागोभीको पातलाई हाल्नुहोस् । र यसलाई पट्टिले बाँध्नुहोस् ।

स्तनपानको कारणले दुख्नु: केही महिलाहरुलाई स्तनपानको कारणले गर्दा धेरै दुखाईको महशुश हुने गर्छ । तर यसको दुखाईलाई बन्दागोभीको पातको मद्धतले कम गर्न सकिन्छ । यसको लागि बन्दागोभीको ताजा पातलाई आफ्नो स्तनमा राख्नुहोस् । दुखाई निको भएपछि मात्र यसलाई निकाल्नुहोस् ।

बारम्बार टाउको दुख्नु: ब्यस्त दिनचर्यामा थकान र तनावले गर्दा टाउको दुख्ने समस्या हुनु निकै नै सामान्य कुरा हो । बन्दागोभीलाई टाउकोमा राखी टोपी लाएर सुत्नुहोस् । बिहान हुने परिणाम देखि तपाईं छक्क पर्नुहुनेछ । थाइरोइड ग्रन्थि: थाइरोइड ग्रन्थि घाँटीको तल्लो भागमा हुन्छ । यस ग्रन्थिले पाचन प्रणालीमा हर्मोनलाई उत्पन्न गर्ने काम गर्छ । यस ग्रन्थिको कार्यलाई राम्रो बनाई राख्नको लागि राती घाँटीमा बन्दागोभीको पातलाई राखी पट्टीले छोपेर राख्नुहोस् ।

          July 21, 2018 12:02 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...