Monday 25th November 2024

मकाउमा एक नेपालीको असामयिक निधन !

6 years अगाडी

कर्ण अधिकारी मकाउ बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा (आज)शनिबार बिहान ९ बजे मुखबाट रगत बान्ता गर्दै असामयिक निधन भएको छ। मृतक तिमल्सिनाको शवलाई मकाउ स्थित सान्तेन हस्पिटलमा राखिएको छ। हालसम्म मकाउमा ७ जनाको असामयिक निधन भई सकेको छ।

आँखामा राखे पनि नबिझाउने किसिमका तिमल्सिनाको असामयिक निधन हुनु दुर्भाग्य हो। परीवारको आर्थिक स्थिति सुधार गर्नकै लागि बिदेशीएका नेपालीहरूको दु:खको हामी कल्पना गर्न समेत सक्दैनौ। यस बिषयमा हंगकंग तथा मकाउका लागि नेपाली महाबाणिज्य दुताबास हंगकंगका महाबाणिज्य दुत कमल प्रसाद भट्टराईलाई यस दुखद घटनाको बिषयमा नेपाली जनसम्पर्क समिति मकाउले जानकारी गराई सकेको र उहाँहरूले पनि यस बिषयलाई गम्भीरता पूर्बक हेर्नु भएको छ।

यसै बिषयमा नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष शुदर्सन थापा मगरले पनि यदि यस्तो घटना मकाउमा घटछ भने यस्तो दुखद घडीमा मृतकलाई ल्याएको मेनपावर कम्पनिले आफ्नो तर्फबाट सहयोग र सदभाव राखि दिए अझै राम्रो हुने थियो भन्ने धारणा ब्यक्त गर्नु भएको छ।

          July 21, 2018 12:20 pm | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...