एक सेयर गर्नुस नसोचेको काम बन्ने छ,रुद्राक्ष किन लगाइन्छ ? यसको अद्भूत रहस्या जान्नुहोस्
रुद्राक्षको किस्सा त तपाईंले कति सुन्नुभयो, कति । एकमुखे रुद्राक्षको मूल्यदेखि बहुमुखे रुद्राक्षको गुणगानसम्म सुनिसक्नु भएकै छ । ठमेलतिर घुम्न निस्कनुहोस् वा पशुपतिनाथ, रुद्राक्षकै दोकान देख्नुहुनेछ । तपाईंलाई लाग्दो हो, यदि धेरै रुद्राक्ष कसेले किन्छ ? किन किन्छ हामीले तस्विरमा देखेका छौं, सुनेका छौं, भगवानले रुद्रक्ष धारण गरेको । भगवानले गलामा, पाखुरामा रुद्राक्ष धारण गरेका हुन्छन् । अहिले पनि धर्मगुरुहरुले रुद्राक्ष लगाउ“छन् । आखिर किन ? के यो औषधी हो ? के यसमा दैवी शक्ति हुन्छ ? कि यसको वैज्ञानिक महत्व पनि छ ?
रुद्राक्षको रामकाहानी : रुद्र + आक्ष मिलेर बनेको रुद्राक्ष शब्दस“ग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आ“सु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आ“सु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।
रुद्राक्ष भगवान् शिवस“ग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ । विज्ञानका दृष्टिमा रुद्राक्ष : रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ ।
वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ । प्राचीन ग्रन्थहरुमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवं घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरुको पुष्टि भएको पाइन्छ ।
विद्युतिय शक्ति : अध्ययनहरुबाट यसमा विद्युत चुम्बकीय, अर्धचुम्बकीय तथा औषधीय गुण भएको कुरा पुष्टि भएको छ । वैज्ञानिकहरुका अनुसार यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ । रुद्राक्षको विद्युत चुम्बकीय क्षेत्र एवं तेज गतिको कम्पन आवृत्ति स्पन्दन देखेर वैज्ञानिक समेत आश्चर्यचकित भए । इन्टरनेशनल यूनिवर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेविड लीका अनुसार रुद्राक्ष विद्युत ऊर्जाको आवेशलाई संचित गर्छ जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यसलाई डाइ इलेक्ट्रिक प्रोपर्टी भनिएको छ । यसको प्रकृति इलेक्ट्रोमैग्नेटिक एवं पैरामैग्नेटिक हुनुका साथै यसको डायनामिक पोलेरिटी विशेषता अद्भुत छ ।
भारतीय वैज्ञानिक डा. एस.के. भट्टाचार्यले सन् १९७५ मा फार्माकोलोजिकल अध्ययन गरेर के बताए कीमोफार्माकोलोजिकल विशेषताका कारण यो मुटुरोग, रक्तचाप एवं कोलेस्ट्राल स्तर नियन्त्रणमा प्रभावशाली हुन्छ । यसले स्नायु प्रणालीमा पनि प्रभाव पार्छ भने न्यूरोट्रान्समीटर्सको प्रवाहलाई सन्तुलित बनाउँछ ।
यसकारण घनत्व बढी : वैज्ञानिकहरुबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्नीजÞ, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तत्व पाइए । यी तत्वको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ ।
पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाकोसिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवं फंगस प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आकलन गरेका छन् । चीनमा गरिएको अध्ययनअनुसार रुद्राक्ष यिन—यांग ऊर्जाकाबचि सन्तुलन कायम राख्न सहयोगी हुन्छ
विशेषता
हरेक मुखे रुद्राक्षका फरक फरक विशेषता छन्
१ मुखी रुद्राक्ष : पौराणिक मान्यताअनुसार, एकमुखी रुद्राक्ष साक्षात शिवस्वरुप मानिन्छ । यसको निरन्तर सान्निध्य एवं ध्यानधारणाबाट धारणकर्ता वैश्विकज्ञान एवं उच्चतम चेतनावस्था प्राप्त गरी त्रिकालदर्शी बन्नपुग्छ र अन्तमा ईश्वरीय परम चेतनामा विलीन हुन्छ । यो अत्यन्त दुर्लभ हुन्छ । यो रुद्राक्ष धारण गर्ने व्यक्तिले मनको समस्त कामना पूर्ण गर्ने, विश्वमै शासन गर्ने तथा आफ्नो संसारलाई अधीनमा राख्नसक्ने क्षमता प्राप्त गर्छ । साथै उसमा हरेक परिस्थितिमा उचित निर्णय लिनसक्ने क्षमता विकास हुन्छ ।
२ मुखी रुद्राक्ष
दुई मुखी रुद्राक्ष शिवको अर्धनारीश्वर स्वरुप हो । यसलाई धारण गर्नाले पतिपत्नी, पितापुत्र, मित्र एवं व्यावसायिक सम्बन्ध सौहार्द बन्दछ । यसबाट आत्मिक शान्ति एवं पूर्णता प्राप्त हुनछ । यसले चन्द्रमाको प्रतिकुलताबाट उत्पन्न हुने दोष निवारण गर्छ ।
३ मुखी रुद्राक्ष
यसले अग्निको प्रतिनिधित्व गर्छ । सूर्यको प्रतिकूलताका कारण उत्पन्न सबै दोष निवारण गर्छ । यसलाई धारण गर्ने मानिसले जन्मजन्मान्तरको चक्रबाट मुक्त भएर मोक्ष प्राप्त गर्छ । यसबाट पेट तथा कलेजोसम्बन्धी समस्या हट्छ ।
४ मुखी रुद्राक्ष
चारमुृखी रुद्राक्षको अधिपति ब्रह्मा हुन् । यसबाट स्मरणशक्ति, मौखिकशक्ति, व्यवहार चातुर्य, वाक्चातुर्य तथा बुद्धिमत्ता विकास हुन्छ । यसले बुध ग्रहको प्रतिकूलताबाट उत्पन्न सबै दोष निवारण गर्छ ।
५ मुखी रुद्राक्ष
पाँच मुखी रुद्राक्ष रुद्रकालग्निको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्दा मनमा शान्ति छाउ“छ । यसले बृहस्पति ग्रहको प्रतिकूलताबाट उत्पन्न सबै दोष निवारण गर्छ ।
६ मुखी रुद्राक्ष
यसको स्वामी कार्तिकेय हन् भने यसमा मंगल ग्रहको आधिपत्य छ । यसलाई धारण गर्नाले जीवनमा स्थिरता प्राप्त हुन्छ, ऐसआराम तथा वाहनसुखको इच्छा पूरा हुन्छ ।
७ मुखी रुद्राक्ष
सातमुखी रुद्राक्षले ऐश्वर्यकी देवी महालक्ष्मीको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्नाले सम्पन्नता, ऐश्वर्य तथा उन्नतिका नयाँ मार्ग प्रशस्त हुन्छन् । आर्थिक विपत्ति हट्छ । व्यवसायमा घाटा छ भने फाइदा हुनथाल्छ । नाम, प्रतिष्ठा तथा समृद्धिमा उत्तरोत्तर प्रगति हुन्छ
८ मुखी रुद्राक्ष
आठमुखी रुद्राक्षपय स्वामी संकटमोचक गणेश हुन् भने केतु ग्रह यसको अधिपति । यसले बाटोका समस्त अवरोध हटाउनुका साथै यश प्रदान गर्छ । विरोधीको मन तथा उद्देश्यमा परिवर्तन ल्याएर धारणकर्ताको हित सोच्न बाध्य गराउछ ।
९ मुखी रुद्राक्ष
नौमुखी रुद्राक्षकी स्वामी नवदुर्गा हुन् भने राहु यसको प्रतिनिधि । यसले धारणकर्तालाई अपार ऊर्जा, शक्ति तथा चैतन्य प्रदान गर्छ । राहुपय प्रतिकूलताबाट उत्पन्न हुने समस्त दोष निवारण गर्छ ।
१० मुखी रुद्राक्ष
दशमुखी रुद्राक्षका अधिपति भगवान् महाविष्णु तथा यमदेव हुन् । यो रुद्राक्षले कवचको कार्य गर्छ तसर्थ यसलाई धारण गर्नाले नकारात्मक ऊर्जाबाट सुरक्षा प्राप्त हुन्छ । यश प्राप्त हुनुका साथै ऋणमुक्त हुन सहयोग मिल्छ । १० मुखी रुद्राक्ष नवग्रहकै प्रतिकूलताबाट उत्पन्न दोष निवारण गर्न सक्षम छ ।
११ मुखी रुद्राक्ष
यो रुद्राक्षका अधिपति एकादश रुद्र हुन् । यसको प्रभाव सम्पूर्ण इन्द्रिय, सशक्त भाषा एवं निर्भय जीवनमा पर्छ । यसले पनि सम्पूर्ण ग्रहको प्रतिकूलताबाट उत्पन्न दोष निवारण गर्छ ।
१२ मुखी रुद्राक्ष
यो रुद्राक्षका अधिपति सूर्य हुन् । धारणकर्तालाई सूर्यकै जस्तो शासन गर्ने क्षमता, अलौकिक बुद्धिमत्ता, तेज एवं शक्ति प्राप्त हुन्छ । आत्मिक ऊर्जामा बढोत्तरी हुन्छ । सरकारी कर्मचारीका लागि यो रुद्राक्ष विशेष लाभदायी हुन्छ । यसबाट प्रमोशन, चाहेको ठाउ“मा पोस्टिङ, पद, प्रतिष्ठा तथा अन्य लाभ प्राप्त हुन्छ । यो रुद्राक्ष हरेक अवस्थामा शुभफलदायी हुन्छ । यसले व्यक्तित्वमा निखार ल्याएर आत्मविश्वास बढाउने काम गर्छ ।
१३ मुखी रुद्राक्ष
१३ मुखी रुद्राक्षका स्वामी देवराज ईन्द्र तथा अधिपति कामदेव हुन् । धारणकर्ताको सम्पूर्ण सांसारिक मनोकामना पूर्ण गराउ“छ । आकर्षणशक्ति तथा चामत्कारिक व्यक्तित्व प्राप्त हुन्छ । सिद्धि जागृत हुनुका साथै कुण्डलिनी जागृत गराउनमा सहायकसिद्ध हुन्छ । यो रुद्राक्ष फिल्म अभिनेता, राजनेता एवं व्यापारीहरुका लागि विशेष लाभदायक मानिन्छ । धारणकर्ताप्रति आकर्षण तथा जनाधार बढ्न थाल्छ
१४ मुखी रुद्राक्ष
चौध मुखी रुद्राक्षलाई अनमोल ईश्वरीय रत्न मानिन्छ । यसलाई साक्षात ‘देवमणि’ भनिन्छ । यसका अधिपति स्वयं भगवान शिव तथा महाबली हनुमान हुन् । धारणकर्तालाई दुर्घटना, यातना तथा चिन्ताबाट मुक्त बनाउ“दै सफलतातर्फ उन्मुख गराउ“छ । यो रुद्राक्ष धारण गर्नाले शनी तथा मंगल दुवै ग्रहको दोष निवारण हुन्छ ।
१५ मुखी रुद्राक्ष
यो रुद्राक्ष भगवान पशुपतिनाथको स्वरुप मानिन्छ । यसले मुटुरोग, मधुमेह, दमजस्ता रोगमा राहत दिन्छ ।
१६ मुखी रुद्राक्ष
यो रुद्राक्षलाई भगवान शिवको महामृत्युञ्जय रुप मानिन्छ । यसलाई विजय रुद्राक्ष पनि भनिन्छ । यसले शत्रु परास्त गरेर दिग्विजयी हुन शुभाशिष प्रदान गर्छ । यसलाई धारण गर्नु प्रति दिन १,२५,००० महामृत्युञ्जय मन्त्र जप गर्नु बराबर मानिन्छ ।
१७ मुखी रुद्राक्ष : यसका अधिपती विश्व निर्माता विश्वकर्मा हुन् । धारणकर्तालाई धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । कार्यक्षेत्र एवं भाग्यमा लगातार बढोत्तरी चाहनेहरुका लागि यो अत्यन्त लाभदायी हुन्छ । कात्यायनी तन्त्रका अनुसार धारणकर्तामाथि लगातार सफलता, अचानक सम्पत्ति तथा सांसारिक सुखको वर्षा हुन्छ ।
१८ मुखी रुद्राक्ष : यसलाई भूमिदेवीको स्वरुप मानिन्छ । यो धारणकर्ताका लागि व्यवसाय, भूमि व्यवहार तथा अपार वैभवको बाटो खोल्ने शक्तिशाली रुद्राक्ष हो । यसलाई धारण गर्नाले मधुमेह तथा पक्षाघातमा आराम मिल्छ ।
१९ मुखी रुद्राक्ष : यो भगवान नारायण स्वरुप मानिन्छ । यसले शरीरको सम्पूर्ण चक्र खोलिदिने हुनाले धारण गर्ने व्यक्ति सम्पूर्ण रुपमा रोगमुक्त हुन्छ । यो नोकरी, व्यवसाय, शिक्षा आदिमा उत्पन्न सारा अवरोध हटाउन सक्षम छ ।
२० मुखी रुद्राक्ष : यो रुद्राक्षलाई ब्रह्मा स्वरुप मानिन्छ । यसमा नवग्रह, दश दिक्पाल तथा त्रिदेवको शक्ति समावेश हुन्छ । यसलाई धारण गर्नाले मानिस इच्छाधारी बन्नसक्छ ।
२१ मुखी रुद्राक्ष : यो दुर्लभ रुद्राक्ष कुबेरको स्वरुप मानिन्छ । धारण गर्ने व्यक्तिले अपार जमिन, सम्पत्ति, सुख एवं समस्त भौतिक इच्छा पूर्ण हुने वरदान पाउ“छ ।
गौरीशंकर रुद्राक्ष: २ वटा रुद्राक्ष प्राकृतिक रुपमै जोडिएर एउटै बनेकोलाई गौरीशंकर रुद्राक्ष भनिन्छ । यसले शिवपार्वतीको एकरुपताको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्दा वा घरमा राख्दा परिवारका सम्पूर्ण सदस्यमा एकता तथा समाजका सबै वर्गमा भाइचारा बनिरहन्छ
स्मरणीय के छ भने रुद्राक्ष सक्कली हुनु आवश्यक छ । काठ तथा प्लाष्टिकबाट बुट्टा कु“देर बनाई झुक्याएर बेचिएका रुद्राक्षले लाभको साटो हानि गर्छ ।
July 21, 2018 1:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन