तपाइँ अनुमान लगाउनुस् यो फोहोर जस्तो देखिने बस्तु के हो?
एजेन्सी। एउटा सयम थियो, जब मानिसहरु आफ्नो शरीरमा सुन लगाएर या सामान लुकाएर तस्करी गर्थे। तर केही समयदेखि तस्करीकालागि नयाँ तरिका अपनाइन थालिएको छ। जसले प्रहरी नै चकित पर्न थालेका छन्। भारतको हैदरावाद विमानस्थलमा यस्तै घटना सार्वजनिक भएको छ। जहाँ राजश्व खुफिया निर्देशनालयका अधिकारीले एउटा विचित्रका वस्तुलाई बरामद गरेका छन्। उक्त बस्तुको तस्वीर सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा भाइरल भएको छ। यो फोहोर जस्तो देखिने चीज आखिर के हो?
फोटो हेरेर धेरैले यो कुनै जनावरको मल भएको अनुमान गरेका छन्। तर वास्तविकता भने फरक छ। तपाइँले तस्वीरमा देख्नु भएको यो गोल्ड पेस्ट हो। राजश्व खुफिया निर्देशनालयले हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट एक यात्रुबाट एक किलो ८५० ग्राम गोल्ड पेस्ट (सुनलाई पलालेर त्यसलाई पेस्टमा परिवर्तन गर्नु) बरामद गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार यो पेस्टबाट कुल ११२०. ७८० ग्राम सुन निस्किन्छ। जसको मूल्य करिव ५० लाख रुपैयाँ पर्न जान्छ। राजश्व विभागले ती यात्रीलाई नियन्त्रणमा लिएको छ। गत जुन महिनामा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुबइबाट आएका दुई यात्रीलाई पक्राउ गरिएको थियो। छानविनका क्रममा दुवैको अण्डरगार्मेन्टबाट एयरकस्टम प्रिभेन्टिभको टिमले करिव १७५१.६६ ग्राम गोल्ड पेस्ट बदामद भएको थियो।
सुनको यो पेस्टलाई पारदर्शी पोलेथिनभित्र राखेर अन्डरगार्मेन्ट र जिन्सभित्र बनाइएको विशेष गल्तीमा लुकाइएको थियो। सुनलाई पेस्टमा परिवर्तन गर्न विशेष केमिकलको प्रयोग गरिन्छ। सुनको टुक्रा उक्त केमिकल राखेपछि पेस्टका रुपमा परिवर्तन हुन्छ।
July 24, 2018 11:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन