भिखारी सम्झेर शोरुमबाट बाहिर धपाउन खोज्दै थिए, वास्तविकता खुलेपछि उड्यो होस
मानिसको पहिरनबाटै उसको वास्तविकता थाहा नहुन पनि सक्छ । कैयौं धनी व्यक्तिहरु सादा जीवन बाँच्न मन पराउँछन् । यस्तै सादा जीवन बिताउन चाहने एक व्यक्तिसँग अनौठो घटना भएको छ । घटना थाइल्याण्डको हो । यी वृद्धका तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हेर्दा निकै साधारण देखिन्छन् ।
हालै यी वृद्ध एक मोटरसाइकलको शोरुममा पुगे । जहाँ मानिसहरुले यिनको पहिरन हेरेर निकै मजाक उडाए । थाइल्याण्डको थोमस अलेक्स्थित एक मोटरसाइकल शोरुममा पुगेका यी व्यक्तिले शोरुमभित्र गएपछि सबैतिर हेरे अनि त्यहाँ भएको हार्ले डेभिडसन बाइक देखाउन भने । उनको कुरा सुनेर त्यहाँ भएका सबै कर्मचारी हाँस्न थाले र उनको कुरालाई बेवास्ता गरिरहे । शोरुमका सबै स्टाफको व्यवहार देखेर ती वृद्धलाई निकै नराम्रो लाग्यो ।
उनले शोरुमका मालिकलाई बोलाउन भने । पहिले त सबैले उनलाई मालिकसँग भेट्न नदिएनन् तर ती वृद्ध पनि आफ्नो जिद्दीमा अडिग रहे । अन्ततः मालिकसम्म खबर पुग्यो । मालिक आएपछि ती वृद्धले त्यहाँका स्टाफले आफूलाई हार्ले डेभिडसन बाइक नदेखाएको गुनासो गरे । त्यसपछि मालिकले ती व्यक्तिलाई आफैं बाइक देखाए । मालिकले आफैं बाइक देखाएपछि सबै स्टाफ चकित परे । मालिकले ती व्यक्तिलाई देखाएको बाइकको मूल्य झण्डै २० लाख नेपाली रुपैयाँ पथ्र्यो ।
हद त तब भयो जब ती वृद्धलाई बाइक मन पर्यो । उनले तुरुन्तै सबै पैसा निकालेर मालिकलाई दिए । भिखारीजस्ता देखिने ती वृद्धलाई हेर्दा त्यहाँ कसैले सोचेका थिएनन् कि उनीसँग लाखौं रकम छ । यो पूरै घटना त्यहाँ भएका एक किशोरले मोवाइलमा खिचेका थिए । उनले यो सबै सामाजिक संजालमा शेयर गरिदिए । हेर्दाहेर्दै उनको कहानी भाइरल भएको छ । यो घटनापछि सामाजिक संजालमा एक महिलाले ती वृद्ध आफ्ना दाजु लांडेजा भएको बताएकी छिन् जो निकै साधारण जीवनशैली मन पराउँछन् । एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा