कुवेतमा ३ हजार नेपालीले लिए यात्रा अनुमति पत्र:
राज मल्ल ,कुवेत सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए।
मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन्।
अनुमति पत्र लिने सबैले कुवेत छोडेको यकिन विवरण कुवेत आप्रवासनसँग रहेको हुँदा यसै भन्न नसकिए पनि प्रायः स्वदेश गएको जानकारी प्राप्त भएको छ।
एम्नेस्टी जारी भएको मितिभन्दा पछि स्पोन्सरको घर छोड्ने तथा कम्पनिबाट भाग्नेहरू जटिल समस्यामा परेका छन्। कुवेतले एम्नेस्टीमा मार्च १७ भन्दा पहिला गैरकानूनी भएकाहरूले मात्र सहभागिता जनाउन सक्ने प्रावधान बनाएको थियो। तर सही सूचना बिना इलिगल हुदा धेरै नेपाली समस्यामा परेका छन्।
कुवेत सरकारले जारी गरेको एम्नेस्टी रिपोर्ट अनुसार ३५ हजार आप्रवासीहरूले अवसरको सदुपयोग गरेका छन् भने अझै ८५ हजार गैरकानूनी रूपमै रहेको जनाएको छ।
कुवेतले जुन १ देखि गैरकानूनी रूपमा बसोबास गर्ने तथा कानुनको पालना नगर्नेहरूलाई लक्षित गर्दै धरपकट सुरु गरेको छ भने पक्राउ पर्नेहरूलाई सदाका लागि डिपोर्ट गर्ने भएको छ।
July 3, 2024 5:02 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार