शहिद लखन थापा मगर स्मृति गोल्ड कपको उपाधी कल्याणकारी युवा समाज लाई
०५ जुलाई २०२४, कुवेत । नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट चौंथो संस्करण–२०२४”को खेल कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त भलिबल प्रतियोगितामा जम्मा १३ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा कल्याणकारी नेपाली युवा समाज कुवेतले गोल्ड कपको उपाधी चुम्न सफल भएको छ। भने लुम्बिनी समाज कुबेत उपबिजेता बनेको छ। विजेता टिमले गोल्ड कप,मेडल, प्रमाण पत्र र २५१ केडी नगदी प्राप्त गर्यो भने उपबिजेता टिमले ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगदी प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट टिम,उत्कृष्ट खेलाडी लाई ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

गोल्ड कप लाई सफलता पूर्वक सम्पन्न पार्नको लागि BEC Exchange / City express एक्सचेन्ज कुवेतले मुख्य प्रायोजन गरेका छन। भने अन्य आर्थिक सहयोगीहरु मा कुबेतमा कृयाशिल नेपाली संघ,संस्था,समाजसेवी,ब्यक्ती बिशेष,नेपाली रेष्टुरेन्ट हरुले आर्थिक सहयोग गरेका थिए।
खेलको बिजेता,उपबिजेता,कार्यक्रमको मुख्या प्रायोजक,सह प्रायोजक सहयोगीहरु लाई गोल्ड कप संयोजक मनु भुजेल मगर,समाजको संरक्षक: मित्र ब.सिंजाली मगर,बरिष्ट सल्लाहाकार: दिल ब. पुन मगरको हातबाट पुरस्कार वितरण गरिएको थियो। भने कार्यक्रम लाई महासचिव श्रवण गाहा मगरले संचालन गरेका थिए।
July 6, 2024 4:46 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन