

संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने

कुबेत /“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडिया लाई जानकारी दिएको छ।
संखुवासभा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध संखुस्भालिको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)को संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो।
कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।
कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटल
समय:- बिहान ११ बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

