Tuesday 17th March 2026

संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने

2 years अगाडी

कुबेत /“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडिया लाई जानकारी दिएको छ।

संखुवासभा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध संखुस्भालिको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)को संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो।

कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटल
समय:- बिहान ११ बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत

          July 9, 2024 2:27 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...